
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । दुहबी नगरपालिका-३ मा रहेको नेपाल विद्युत् प्राधिकरण कार्यालयमा करेन्ट लागि एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विद्युत् प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका-४ का ४१ बर्षीय महमत साबिर मियाँ रहेका छन् । कार्यालय पेरिमिटरभित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए।
मियाँको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij