
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बु रहेका छन् ।
करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धीमान लामाको पनि करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने मोटरमा जोडेको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij