Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अहमदाबाद

लण्डन जान लागेको एयर इण्डियाको विमानमा फेरि गडबडी !

लण्डन जान लागेको एयर इण्डियाको विमानमा फेरि गडबडी !

  • काठमाडौं । अहमदाबादमा विमान दुर्घटना भएको पाँच दिनपछि अहमदाबादबाट लन्डनका लागि उड्न लागेको एयर इन्डियाको पहिलो उडान रद्द गरिएको छ। रद्द गर्नुको कारण प्राविधिक गडबडी भएको बताइएको छ।

    onlinepatrika
    Arghakhachi

    उडान नम्बर एआइ-१५९ दिउँसो १:१० बजे अहमदाबादबाट लन्डनका लागि उडान भर्ने तालिका थियो। जानकारी अनुसार विमान उड्नुभन्दा केही घण्टा अघि मात्र यो प्राविधिक गडबडी पत्ता लागेको थियो।

    AGNI GROUP

    आजको उडान भोलि पुन: तालिकाबद्ध हुनेछ। यसका कारण यात्रुहरू हैरान भइरहेका छन्। एक यात्रुले भने, ‘यसरी जनतालाई दुःख नदिनुहोस्। यहाँ आएपछि तपाईंले उडान रद्द भएको बताउनुहुन्छ। अब २५० जनाले के गर्नेर? उनीहरू कहाँ बस्ने? एयरलाइन्सबाट कुनै उचित व्यवस्था छैन।’

    यसअघि सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको उडानमा सोमबार राति प्राविधिक समस्या देखिएपछि मंगलबार बिहान कोलकाता विमानस्थलबाट यात्रुहरूलाई ओराल्नु परेको थियो।

    उडान नम्बर एआइ १८० कोलकाता हुँदै मुम्बई जाँदै थियो। बोइङ ७७७-२०० एलआर (वर्ल्डलाइनर) विमान जुन १७ मा बिहान १२:४५ बजे समयमै कोलकाता आइपुग्यो। यो बिहान २:०० बजे मुम्बईको लागि प्रस्थान गर्ने तालिका थियो।

    विमानको बायाँ इन्जिनमा प्राविधिक गडबडीका कारण उडान ढिलो भएको थियो। यसपछि बिहान ५:२० बजेतिर क्याप्टेनले यात्रुहरू लाई विमानबाट ओर्लन भने। उनले उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij