Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

  • काठमाडौँ । धनगढीमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। तर उनले औषधि लिन मानेका छैनन्। उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। ब्लड प्रेसर पनि  घटेर ९०/६० पुगेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। 

    images
    images
    images

    धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २०औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।

    images

    केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ लिन अस्विकार गरेका छन्। 
    हाल शुद्ध पानी, नर्मल स्लाईन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकिय टोलीबाट नियमित स्वास्थ परीक्षण गराई शरीरको अक्सिजन, मुटुको धडकन र रक्तचाप अनुगमन गरी राखेको अस्पतालले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij