Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

भाग्दाभाग्दै चोकचोकमै च्याप्पै

भाग्दाभाग्दै चोकचोकमै च्याप्पै

  • काठमाडौं । ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ वटा दुईपाङ्गे सवारी साधनका चालकलाई ट्राफिक कारबाहीमा परेका छन् । सीसीटीभीमा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । साथै यात्रु लिन नमानेको कसुरमा १ जना चालकलाई पनि कारवाही गरिएको छ ।

    images
    images
    images

    भदौ १ गतेदेखि १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४२० जना चालकमध्ये ट्राफिक प्रहरीले खोजी आएका ९७ जना चालकमध्ये ६३ जनालाई कारवाही गरिएको हो । अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएका खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    images

    फाइल तस्वीर 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij