
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ को विन्दुमा पुगेको छ ।
मंगलबार ३०६ कम्पनीका ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँ रहेको छ ।
९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij