
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ ।
आज आइतबार नेप्से ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ मा कारोबार भएको थियो ।
आज फाइनान्स, उत्पादन तथा पोसेसिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ । आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९७ प्रतिशतले बढेको छ भने आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.६२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २७ करोड ४६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij