Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

फनपार्कमा बालेन्द्रको अड्डाबाट गरेको ताकेता

फनपार्कमा बालेन्द्रको अड्डाबाट गरेको ताकेता

  • काठमाडौं । भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ । आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले उल्लेख गरेका छन् । हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो ।

    images
    images
    images

    ‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ’, महानगरको पत्रमा भनिएको छ ।

    images

    तोकिएको समयमा कर नबुझाए फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गरिने महानगरले जनाएको छ ।

    फनपार्क.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij