
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौ । रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा ४ स्थित फर्साटिकरको खेतमा बुधबार बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
शिशुको स्वास्थ्य अवस्था ठिक रहेको उनले बताएका छन् । शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जनाएका छन् ।
शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij