
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि सरकारले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ। उक्त चुनावको लागि म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
सो संख्यामा भर्ना गर्न अर्थले बजेट छुट्याएको हो। म्यादी प्रहरी कम्तीमा पनि ४० दिनको लागि भर्ना खुल्नेछ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ना लिएको थियो। उनीहरूलाई ४५ दिनको लागि भर्ना गरिएको थियो।
अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुन लागेको भन्दै नेपाल प्रहरीले म्यादी प्रहरीको संख्या बढाउनुपर्ने बताएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij