
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । पाल्पा जिल्लामा छोरोले चिर्पट दाउरा प्रहार गर्दा बाबुको मृत्यु भएको छ । पाल्पाको माथा गढी गाउँपालिका वडा न- ४ नेटामा सामान्य विवाद हुँदा आज बिहान छोरोले बाबुलाई चिर्पट दाउरा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार १४ वर्षका बालकले सामान्य झगडा हुँदा आफ्नो बुवा ४५ वर्षका तिल बहादुर दिसालाई चिर्पट दाउरा प्रहार गरेका थिए।
उनको घटनास्थलमा नै मृत्यु भएको हो। प्रहरीले चिर्पट दाउरा प्रहार गर्ने बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ, भने शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल पाल्पा पठाएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij