Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

नेविसंघ र अनेरास्वीयुबीच झडप

नेविसंघ र अनेरास्वीयुबीच झडप

  • काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ। गत शुक्रबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि त्रिवि रजिष्टारको कार्यालयले शनिबार सुरक्षाको माग गरेको थियो। 

    images
    images
    images

    आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा अनेरास्वीयुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि नेविसंघले त्यसको विरोध गर्दा अनेरास्वीयु र नेविसंघ कार्यकर्ताबीच झडप भएको नेविसंघ त्रिविले आरोप लगाएको छ। 

    images

    झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको नेविसंघ त्रिविका कार्यकारी अध्यक्ष गणेश भण्डारीले नेपाल लाइभलाई जानकारी दिएका छन्।

    दोहोरो झडप अहिले पनि जारी रहेको जनाइएको छ। नेविसंघले प्रश्न पत्र दोहोरिएको, समयमै परीक्षा नलिएको र परीक्षाफल समेत समयमै प्रकाशन नगरेको भन्दै त्रिवि रजिष्टार कार्यालयदेखि विभिन्न ठाउँमा तालाबन्दी गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij