
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयकाे प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाललाई दिइएको छ । काठमाडौं उपत्यका प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसपी रिजाललाई प्रवक्ता ताेकिएकाे कार्यालयले जनाएकाे छ । प्रवक्ता रिजाललाई फाेन नम्बर ९८५१२६०४६० र ईमेल [email protected] मा सम्पर्क गर्न सकिने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij