Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

हटाउन थालियो अन्डरग्राउन्ड पार्किङबाट पसल

हटाउन थालियो अन्डरग्राउन्ड पार्किङबाट पसल


  • काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङका पसलहरु हटाउन थाले लगतै  ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा रहेको यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।

    images
    images
    images

    महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले आफैले पार्किङ खाली गर्न थालेका हुन् । सो भवनमा महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ । 

    images

    सो सूचनाको म्याद सकिएपछि  जुनसुकै बेला मेयर बालेन शाहसहित महानगरको टोली आएर सामान निकाल्ने समय समेत नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यापारी र व्यवसायीहरु आफै पार्किङ खाली गर्न थालेका नगरी प्रहरीका एक अधिकारीले बताए । उनले भने बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र सामान हटाउन सुरु गरेका छन् । 

    आजबाट शंखमुल क्षेत्रमा पनि महानगरले व्यवसायीलाई भूमिगत पार्किङको पसल हटाउन अल्टिमेटम दिएको छ । नगर प्रहरीले बारम्बार पुगेर निर्देशनमा ‘फलोअप’ गरिरहेको अधिकारीले बताए ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij