
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । मध्याह्नमा आज औँसी परेकाले त्यहाँ आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । बाबुको मुख हेर्ने पर्वका अवसरमा शनिबार पनि गोकर्णेश्वरमा मेला लाग्ने गर्छ ।
शनिबार मघा नक्षत्र परेकाले श्राद्ध गर्नु नहुने भन्दै श्रद्धालु भक्तजनको मन्दिर क्षेत्रमा भीड लागेको छ । गोकर्णेश्वरलाई पितृतीर्थका रूपमा लिइन्छ ।
पिता दिवङ्गत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ । पिता जीवित हुनेले भने भाद्रकृष्ण औँसीका दिन मीठा खानेकुरा खान दिई बाबुको मुख हेर्छन् ।
पिता दिवङ्गत हुनेले भाद्रकृष्ण औँसीका अवसरमा यहाँ आई श्राद्ध गरेमा पितृ तृप्त हुने शास्त्रीय मान्यता छ । तीर्थ श्राद्धमा जुन समयमा पुग्यो त्यही समयमा गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी जानकारी गराए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij