
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । अरुको फेसबुक ह्याक गरी त्यसमा भएका साथीहरुसँग पैसा ठगी गरेको आरोमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा मोरङ पथरीका किरण पाठक रहेका छन् ।
पासवार्ड ह्याक गरेपछि पाठकले प्रोफाइलमा जोडिएका साथी तथा आफन्तसँग अप्ठेरो पर्यो भन्दै पैसा माग्ने गरेको प्रहरीले बताएका छन् ।
करिब डेढ दर्जन महिला तथा पुरुषसँग पैसा उठाइसकेपछि पाठक प्रहरीको फन्दामा परेको प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार रहेको छ। ब्युरोका प्रवक्ता पशुपती रायले पीडितहरु अझै बढ्न सक्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij