
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना अनुसार भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हो । मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको मेलमा निवेदन दिन उद्योगीहरूलाई आग्रह गरेको छ ।
खाद्य सङ्कट तथा हुनसक्ने भन्दै भारतले गत वैशाख ३० गतेबाट आन्तरिक उत्पादन भएको गहुँ र चिनीको निर्यातमा रोक लगाएको थियो । भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्ता लगायतको उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीहरूले गहुँको आयात खुलाउन माग गर्दै आएका थिए ।
भारतबाट गहुँ आयात गर्न चाहने उद्योगीरव्यवसायीले भर्नुपर्ने फारम:
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij