
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडाैँ । गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेठलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौँले श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
दिलमाया गत असार ११ गते बिहान आफ्नै डेरामा नेपालटारमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको हत्याको आरोपमा सिन्धुपाल्चोक घर भएका श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सुनारका बुवाले छोरीको हत्या गरेको अभियोगमा श्रेष्ठबिरुद्ध किटानी जाहेरी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij