Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

अबदेखि जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नाम राखिने

अबदेखि जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नाम राखिने

  • काठमाडौं । सरकारले शिक्षा विकास तथा समन्वय एकाइ र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गर्ने भएको छ।

    images
    images
    images

    शिक्षा विकास तथा समन्वय एकाइको नाम जिल्ला शिक्षा कार्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम शिक्षा विभाग नाम राख्ने भएको छ । विगतमा रहेको जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामाकरण गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सरकारको तयारी छ ।

    images

    विषयगत मन्त्रालयका रुपमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण गर्ने प्रस्ताव राख्ने भएको छ ।

    २०७५ साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ नामकरण गरेको थियो ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij