Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आइतबार शेयर बजार ६१.०५ अंकले बढेको छ ।

आइतबार शेयर बजार ६१.०५ अंकले बढेको छ ।

  • काठमाडौँ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो दिनको कारोबारमा शेयर बजार ६१.०५ अंकले बढेको छ । मौद्रिक नीतिले शेयर धितो कर्जा गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७९/८० को लागि केही खुकुलो गर्दा यसको प्रभाव बजारमा सकारात्मक परेको देखिएको छ । मौद्रिक नीति जारी भएपछिको पहिलो दिनको शेयर बजार कारोबारमा ३.०३ अंकले बजार बढेर २०७८.५१ विन्दुमा पुगेको छ । 

    images
    images
    images

    बजार बढेको दिन तीन वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आइतवार सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बजार बढेका कारण थप सात कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

    बजार बढेका दिन अधिकांश ऋणपत्रसहित १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आज गुमाउने कम्पनीको शेयर मूल्य बढीमा १.५२ प्रतिशतसम्मले मात्रै छ । 

    आज सबैभन्दा बढी कारोवार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको कुल ३९ करोड रुपैयाँको ५ लाख ८ हजार कित्ता शेयरको कारोवार भएको छ । बढी कारोवार हुनेमा पनि यही कम्पनीकै २६ सय २४ पटक कारोवार भएको छ । 

    नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज २१९ कम्पनीको ६४ लाख २३ हजार कित्ता शेयरको ४२ हजार पटक कारोवार भएको छ । यसबाट कुल २ अर्ब ७३ करोड रुपैयाँको कारोवार भएको पनि नेप्सेले जानकारी दिएको  छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij