
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजसँग हुने ऐतिहासिक टी-२० सिरिजको खेल नयाँ तालिका सार्बजनिक गरेको छ ।
क्यानले एशिया कपका कारण खेल तालिका केहि परिवर्तन भएको जानकारी दिदै सेप्टेम्बर २७, २९ र ३० मा खेल हुने जानकारी दिएको छ ।
नेपाल र वेस्ट इन्डिजबीचको यो सिरिज युएईको शारजाह क्रिकेट स्टेडियममा हुदैछ । यसअघि क्यानले सेप्टेम्बर २७, २८ र ३० मा हुने जानकारी दिएको थियो अस्ट्रेलिया टूर सकेर आजै स्वदेश फर्किएको नेपाली क्रिकेट टिमले पहिलो पटक टेस्ट खेल्ने देशसँग सिरिज खेल्न लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij