Logo

Sep 03 2025 | २०८२, भदौ १८ गते

Sep 03 2025 | २०८२, भदौ १८ गते

भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने

भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने

  • काठमाडौँ । भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने जनाएको छ ।

    images
    images
    images

    एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो । हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।

    images

    पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्त्वपूर्ण योगदान गर्ने उनले बताए ।

    यसको निरन्तरताका लागि विशेष पहल गर्न पर्यटन व्यवसायीहरूलाई समेत आग्रह गरे ।यसअघि गत असार ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो ।

    पोखराबाटै छेन्डुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij