
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं। नेपाल र चीनबीच संयुक्त रुपमा सीमा निरीक्षण गर्ने सहमति भएको छ।
नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयको सीमा हेर्ने डेस्कबीच जुलाई १४ ९असार ३० गते० भएको नेपाल चीन सीमा मामिला भर्चुअल बैठकमा संयुक्तरुपमा सीमा निरीक्षण गर्ने सहमति भएको हो।
लामो समयदेखि नेपाल र चीनबीच संयुक्त रुपमा सीमा निरीक्षण हुन सकेको छैन। जसका कारण सीमामा बेला बेला समस्या आउने गरेको छ।
यसअघि हुम्लामा ११ नम्बर पिलर हराएको भनेर खोजी गर्नुपरेको थियो। त्यहाँ २० र २५ वर्षदेखि निरीक्षण नै नहुँदा पिलर कहाँ छ भनेर ठम्याउन सकस भएको थियो। हुम्लामै लिमीस्थित लोलुङजोङमा पनि सीमा विवाद देखिएको छ। त्यसैगरी गोरखाको उत्तरी भेगमा पनि चीनले एकतर्फीरुपमा दशगजामै तारबार गरेको पाइएको छ।
उत्तरी सीमामा विवादहरु बढ्न थालेपछि नेपालले संयुक्त रुपमा निरीक्षणका लागि चीनलाई ताकेता गरेका थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij