Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

अर्थमन्त्रालयका इन्जिनियरसँग सीसी टीभी फुटेजबारे समितिको सोधपुछ

अर्थमन्त्रालयका इन्जिनियरसँग सीसी टीभी फुटेजबारे समितिको सोधपुछ

  • काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयमा रहेको सीसी टीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ। 

    images
    images
    images

    समितिका सचिव सुरेन्द्र अर्याललका अनुसार आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसी टीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको हो। 

    images

    आइतबार नै अर्थ मन्त्रालयका राजस्व सचिवसँग पनि समितिले सोधपुछ गरेको छ। शनिबार समितिले मूल गेटदेखि सीसी टीभीका गतिविधिहरुमा अध्ययन गरेको थियो।  

    समितिको छैटौं बैठक बसेको छ। पूर्व अर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरे प्रश्चात अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको समितिले जनाएको छ। 

    शनिबार पनि भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशहरु र अर्थ  मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग समितिले सोधपुछ गरेको थियो।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij