
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर मृत्यु भएको छ ।
पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी अशक्त भएका थिए । उनको वीपी कोईराला स्वास प्रस्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरको पर्सा जगनाथपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय नन्दु राम हजाराको करेन्ट लागेर मृत्यु भएको छ । घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको सन्चो अस्पताल हेटौँडामा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij