
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । कर्मचारीमाथि कुटपिट गरेको आरोपमा धनकुटाको पाख्रिबास घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४८ वर्षीय ‘सुन मुन्द्रे’ भनेर चिनिने ठेकेदार सुवास घिसिङ पक्राउ परेका छन् । ‘सुन मुन्द्रे’ घिसिङ बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।
२७ असारमा गोकर्णेश्वर–६ स्थित नयाँबस्तीमा फोहोर अनुगमन गर्न गएका समितिका कर्मचारी बलराम श्रेष्ठलाई फोहोरको विषयमा विवाद हुँदा घिसिङले उनलाई मुक्का प्रहार गरेका प्रहरीले जनाएको छ ।
अनुगमनमा गएका श्रेष्ठलाई कुटेको आरोपमा प्रहरीले घिसिङलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij