
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडाैँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेका छन् । मंगलबार बिहान लिउ बालकोट पुगेका हुन् ।
भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली लगायत सहभागी छन् । उषा किरण भण्डारी, अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा संलग्न छन् ।
आइतबार काठमाडौँ आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij