
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले असार २७ देखि नै लागू हुने गरी अन्तर प्रदेशको भाडा बढाएको हो । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएकाले भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार, यात्रुवाहक सवारीमा १.७९ प्रतिशत भाडा बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा यसअघि लिइँदै आएको भाडामा क्रमशः २..३४ र २.६ प्रतिशतले वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij