
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौँ । पाल्पा सिमेन्टको उत्पादन तानसेन सिमेन्टले आफ्नो उत्पादन पहिलोपटक छिमेकी देश भारत निर्यात शुरू गरेको छ ।
स्थानीय र राष्ट्रियस्तरमा बजारीकरण गर्दै आएको पश्चिम नवलपरासीको सुनवलमा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको उत्पादन तानसेन सिमेन्ट भारतमा बिक्रीका लागि शुक्रबार एक कार्यक्रम गरी शुभारम्भ गरेको हो ।
सिमेन्टको बजारीकरण र प्रर्वद्धन गर्नुपर्ने हालैको बजेटमार्फत् सरकारले सहुलियत दिने घोषणा गरेसँगै पाल्पा सिमेन्टको उत्पादन तानसेन सिमेन्टले भारत निर्यात गर्ने शुरू गरेको हो ।
भारततर्फको निकासीले आर्थिक गतिविधिलाई क्रियाशील गराउने र यसले सिमेन्टमा मात्र नभई सबै क्षेत्रलाई सहयोग पुर्याउने पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका जनसम्पर्क अधिकारी जीवन निरौलाले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij