Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

बलात्कार मुद्दामा दोषी ठहर शिक्षक पक्राउ

बलात्कार मुद्दामा दोषी ठहर शिक्षक पक्राउ

  • काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर एक शिक्षक पक्राउ परेका छन् । जबर्जस्ती करणी मुद्दाका एक फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका हुन्। पक्राउ पर्नेमा चितवनको छेपेटारस्थित तारा उच्च माध्यमिक विद्यालयका शिक्षक ४५ वर्षीय भरत ढकाल रहेका छन्।

    images
    images
    images

    ढकालले २०६९ चैत ३ गते मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका छोपि महिलाको घरभित्र पसी ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए। 

    images

    उच्च अदालत कास्की (तत्कालको पुनरावेदन अदालत कास्की) बाट ढकाललाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति वापत भराई दिने ठहर भएको थियो। 

    फैसलापछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले भरतपुर महानगरपालिका–१५, पिठुवामा फेला पारी पक्राउ गरेको हो। 

    उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij