
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणको काम तुरुन्तै अघि बढ्ने बताएका छन् । एतिहासिक कलेजको पुनर्निर्माण गरी पठनपाठन सहज गराउनुपर्ने जिम्मेवारी सरकारको भएको उनले बताए ।
नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले विहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका थिए सो भेटमा देउवाले यसो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘मैले आफैं पढेको कलेज पनि यही हो । भूकम्पले देशभरि क्षति पुर्याएको छ । ती सबै संरचनाको पुनर्निर्माण गरी सबै नेपाली विद्यार्थीले पठनपाठन गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारलाई छ, यद्यपि राजधानी सहरमै रहेको यति ठूलो र एतिहासिक कलेजको पुनर्निर्माण गरी पठनपाठन सहज गराउनुको विकल्प छैन । यो काम तुरुन्तै अघि बढ्छ ।’
नेपाल विद्यार्थी संघले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij