Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

उर्जा संकट बढ्दै गएपछि बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय तोकियो

उर्जा संकट बढ्दै गएपछि बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय तोकियो

  • काठमाडौं । इन्धनमा भएको अस्वभाविक मूल्य बृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन्।

    images
    images
    images

    श्रीलंका लामो समयदेखि गहिरो आर्थिक संकटमा फसेको छ। पछिल्लो समयमा पाकिस्तान र वंगलादेशमा उर्जा संकट देखिएको छ।

    images

    विश्वव्यापी रूपमा उर्जाको बढ्दो मूल्यबीच ऊर्जा र इन्धन बचत गर्ने प्रयासस्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका छन्। 

    प्रधानमन्त्री शेख हसिनाको निर्देशनमा मन्त्रालय, विभाग र स्थानीय अधिकारीहरूलाई पत्र पठाएर तोकिएको समयभित्र पसल बन्द गर्न निर्देशन दिएको हो। बंगलादेश श्रम ऐनले बेलुका ८ बजे पसलहरू बन्द गर्ने व्यवस्था गरेको पनि पत्रमा स्मरण गराइएको छ।

    पाकिस्तानका सिन्ध र पन्जाब प्रान्तका सरकारले राति ९ बजेभित्र सबै व्यावसायिक बजार, सपिङ मल र स्टोर बन्द गर्न निर्देशन दिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij