Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

चर्को दबाबपछि देउरालीको कारोबार आजबाट खुला

चर्को दबाबपछि देउरालीको कारोबार आजबाट खुला

  • ललितपुर । संस्था चरम आर्थिक संकटमा फसेपछि असार १ गतेबाट पूर्ण रुपमा आर्थिक कारोबार नै बन्द गरेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले आजबाट कारोबार खुला गरेको छ ।

    images
    images
    images

    असार ३ गते (शुक्रबार ) सम्मको लागि कारोबार बन्द गरेको सूचना प्रकाशन गरेपनि आईतबार भने कारोबार खुला गरेको थिएन । आज (सोमबार) बाट संस्थाले कारोबार खुला गरेको छ ।

    संस्थाले रकम भुक्तानीमा सिमा तोकी प्रति सदस्य १० हजारमात्र भुक्तानी दिने गरी संस्थाको कारोबार खुला गरेको संस्थाका एक कर्मचारीले बताएका छन् ।

    चरम आर्थिक संकटमा संस्था फसेपछि कारोबार नै बन्द गरेको थियो । कारोबार बन्द भएपछि सदस्यहरु आक्रोशित बनेका र कार्यालयमा धर्ना दिने क्रम बढेपछि संस्थाले बाध्य भएर कारोबार खुला गरेको छ । तर रु १० हजार मात्र भुक्तानीको सिमा तोकेपछि सदस्यहरु थप आक्रोशित बनेका छन् । 

    संस्थाको कुल वासलात करिब ३ अर्ब रुपैयाँको छ । सदस्यहरूबाट उठाएको अधिकांश बचत सञ्चालकले नियमविपरित व्यक्तिगत फाइदामा चलाउँदा संस्था आर्थिक सङ्कटमा परेको जनाइएको छ ।

    संस्थाका अध्यक्ष र सञ्चालहरुले सहकारी ऐन, नियमावली विपरित आफूखुसी रुपमा जग्गा, अन्य व्यवसायमा लगानी गर्दा संस्था डुबेको हो । स्रोतका अनुसार संस्थाको पैसा मिटर ब्याजमा समेत लगानी गरेको पाईएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij