Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

आजदेखि बीमा कम्पनीमा पनि गोएमएल लागू  

आजदेखि बीमा कम्पनीमा पनि गोएमएल लागू  

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बीमा कम्पनीहरूको लागि पनि शंकास्पद कारोबार सम्बन्धी सूचना गोएमएल पोर्टलमार्फत् नै उपलब्ध गराउनुपर्ने प्रावधान आजदेखि लागू गरेको छ । 

    images
    images
    images

    यसअघि पाक्षिकरूपमा बीमा कम्पनीहरूसँग शंकास्पद कारोबार वा रकमको सीमा नाघेका बीमितबारे जानकारी माग गर्दै आएको बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले असार १ गतेबाट लागू हुने गरी अनिवार्य दैनिकरुपमा कारोबार सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 

    जेठ १ गतेबाट नै यो प्रावधान लागू गर्ने घोषणा गरेपनि बीमा कम्पनीले तयारी नपुगेको भन्दै थप समय माग गरेपछि असार १ बाट हुने गरी अनिवार्य गरिएको जनाईएको छ । बीमा कम्पनीले सिडिमा र इमेलमार्फत पाक्षिक तथ्यांक पेश गर्दै आएका थिए । 

    शंकास्पद कारोबार, निगरानीमा राखिनुपर्ने सूचीमा रहेका राजनीतिक पष्ठभूमीका व्यक्ति, रु १ लाख वा सोभन्दा बढी भुक्तानी गर्ने बीमितको सम्बन्धमा जानकारी पेश गर्नको लागी बीमा कम्पनीलाइ गोएमएल सफ्टवेयर प्रयोग गर्न सुझाव दिइएपनि अधिकांश बीमकले प्रयोगमा ल्याएका छैनन् ।

    बैंक तथा वित्तीय संस्थाले एक पटकमा रु  १० लाख वा सोभन्दा बढी कारोबार गर्ने ग्राहक सम्बन्धमा वित्तीय जानकारी इकाइलाइ नियमितरुपमा सूचना दिनुपर्ने प्रावधान छ । तर बीमा कम्पनीले एक पटकमा रु १ लाख वा सोभन्दा बढी रकम बीमाशुल्कवापत भुक्तानी गर्ने बीमितबारे जानकारी उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।

     

    Screenshot_4-2.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij