Jun 09 2026 | २०८३, जेठ २६ गते
म्यानचेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ।
शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछी उपाधि नजिक रहेको छ। सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो।
लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे। सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काएपनि टोलीले हार टार्न सकेन।
लिभरपुलले उपाधिका लागि आइतबार साझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेक्नेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij