
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सरकार र शिक्षक महासङ्घबीच गएराति भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ ।
सरकार र महासङ्घबीच भएको सहमतिबारे जानकारी दिन आज काठमाण्डाैमा आयोजित कार्यक्रममा विद्यालयका कर्मचारीहरूले असन्तुष्टि जनाउँदै महासङ्घ नेतृत्वमाथि नाराबाजीसमेत गरे ।
आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएका महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिनुभयो । सहअध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीहरूको ऊर्जाको प्रतिफल भएको बताउनुभयो । त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने उहाँले स्पष्ट पार्नुभयो ।
पराजुलीले आन्दोलन अझै पनि जारी रहेको र शिक्षक कर्मचारीहरूको मागमा कुनै पनि हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ऐन छोटो समयमा पारित गर्ने र आफ्ना मागहरू सम्बोधन गर्ने विषयमा सहमति भएको उहाँको भनाइ थियो ।
विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गएकाे चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरूले गएराति सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij