Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ !

मध्यपुर थिमिका वडा अध्यक्षका भाइ पक्राउ !

  • काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटारका वडा सचिव राम श्रेष्ठ पक्राउ परेका छन् ।

    images
    images
    images

    जुवा खेलिरहेको अवस्थामा वडा सचिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई मध्यपुर थिमि नगरपालिका-४ एसएस चोकको एउटा घरमा तास खेलिरहेको बेला पक्राउ गरिएको हो । श्रेष्ठलाई नगद ६ हजार ९ सय रुपैयाँसहित पक्राउ गरिएको हो ।

    पक्राउ परेका वडा सचिव श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका एउटा वडाका वडा अध्यक्षका भाइसमेत हुन् । उनी मध्यपुर थिमि नगरपालिका-५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठका भाइसमेत हुन् ।

    सोही समूहमा स्वास्थ्य मन्त्रालयका अधिकृत मीनबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् । उनलाई नगद ११ हजार दुई सय रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरू दुवै जनासहित ९ जनाको समूहमा तास खेलिरहेको बेला एकैचोटी उनीहरू पक्राउ परेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij