
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन् ।
पेट दुख्ने लगायत समस्या भएपछि उनलाई बिहीबार बिहान काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका स्वकीय भक्त चलाउनेले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठ बुधबार नै अस्पताल भर्ना भएकी थिइन् । तर बुधबार नै जनमतसँग पार्टी एकता तय गरिएकाले उनले बिहान ११ बजेतिर डिस्चार्ज लिएकी थिइन्। उनलाई बुधबार साँझ नै फलोअपका लागि आउन भनिएको थियो ।
पेट दुख्ने समस्या भएपछि बिहीबार पुनः भर्ना गरिएको चलाउनले बताए । अहिले उनको अवस्था सुधारोन्मुख छ । चिकित्सले श्रेष्ठको सानो आन्द्रामा समस्या देखिएको बताएको चलाउनेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij