Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कामको मूल्यांकनका आधारमा टिकट

कामको मूल्यांकनका आधारमा टिकट


  • काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनप्रतिनिधिको कामको मूल्यांकनका आधारमा टिकट दिनुपर्ने बताएका छन् ।

    images
    images
    images

    आइतवार काठमाडौँमा भएको कार्यक्रममा उनले राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकनका आधारमा टिकट दिनुपर्ने बताएका हुन् । 

    images

    उनले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने पनि बताएका छन् ।

    साथै उनले दोहोरिन चाहने जनप्रतिनिधिलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गरे ।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा / नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन गर्दै उनले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए । पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनको भनाइ छ ।

    अध्यक्ष तिमिल्सिनाले आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जिवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने बताए । उनले जनताले पनि निर्वाचनको बेला बेठिक मानिसलाई नचुनी विवेक पुर्याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij