
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । नेपालमा धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ७७ अंकले गिरावट आएको हो । आज शेयर बजारमा गिरावट आउँदा बजार परिसूचक २ हजार ६ सय ८ बिन्दुमा रोकिएको छ ।
नेप्सेका अनुसार आज कुल १ करोड ६९ लाख ७ हजार ७ सय ३७ कित्ता शेयर साढे ८ अर्ब बढी कारोबार भएको छ । आज कुल ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३ सय २१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज कारोबारमा आएकोमध्ये १०० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै १४५ वटा कम्पनीको मूल्य घट्दा एउटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन आएको छैन ।
नेप्सेका अनुसार आज ओम मेगाश्री फर्मास्यूटिकल लिमिटेड, छ्याङ्दी हाइड्रोपावर, नेपाल रि–इन्स्योरेन्स कम्पनी, स्वभिमान लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यस्तै कर्पोरेट डेभलबमेन्ट बैंक लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ग्रीन डेभलबमेन्ट बैंक लिमिटेड, चेरिस्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij