
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । नेकपा माओवाली केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक किसानले काँक्रो उपहार दिएका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।
खड्काले देशका पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुशी व्यक्त गरेका थिए । उनी डोकोमा काँक्रो लिएर स्वागतमा आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij