Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

रूपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

  • काठमाडौं । नेकपा एसले रुपन्देही ३ को उपनिर्वाचनका लागि महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ मा हुने उपनिर्वाचनका लागि पार्टी जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको प्रदेश उपाध्यक्ष कमल भण्डारीले बताए ।

    AGNI GROUP

    उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरुमा लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रुपन्देही जिल्ला अध्यक्ष हिराध्वज शाह, प्रदेश सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही एकका सहईन्चार्ज विजयलक्ष्मी राय छन् ।

    समाजवादीले उम्मेदवार छनोट गर्न यसअघि नै कार्यदल बनाएको छ । लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय कमिटी उपमहासचिव मेटमणि चौधरी, प्रदेशका सहइन्चार्ज तथा केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज नन्दलाल बन्जाडे, जिल्ला अध्यक्ष हिराध्वज शाह सदस्य रहेको कार्यदल छ । जिल्लाले पठाएको नाम प्रदेशले पनि केन्द्रमा पठाएको भण्डारीले जनाए ।

    रुपन्देही ३ महासचिव भुसालको आफ्नो क्षेत्र हो । पूर्वमन्त्रीसमेत रहेका उनी यसअघि एमालेबाट यो क्षेत्रमा निर्वाचित भएपनि ०७९ मा एमालेले राप्रपालाई टिकट दिएपछि छाडेर माओवादीको चुनाव चिन्ह लिएर १ नम्बर क्षेत्रमा उठेर पराजित भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij