Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

लागुऔषध

खैरो हिरोइनसहित दाजुबहिनी पक्राउ

खैरो हिरोइनसहित दाजुबहिनी पक्राउ

गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका-१२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरिएको छ ।

  • काठमाडौं । सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित पक्राउ परेका दाजुबहिनी आज सार्वजनिक गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा लहान नगरपालिका- २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन् ।

    images

    उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिक सहित २०८.९० ग्राम तथा प्लास्टिक बाहेक २०१ ग्राम बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।

    गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका-१२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्र पासवानले दिनेश लागुऔषध मुद्दामै जेल सजाय काटेको पनि खुलेको जानकारी दिए ।

    उनका अनुसार यादव २०८० साउन १२ मा प्लास्टिकसहित ४.४ ग्राम र प्लास्टिकबाहेक ३.६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । सो मुद्दामा असोज २४ गते पुर्पक्षका लागि कारागार चलान भएकोमा अदालतको फैसला बमोजिम ६ महिना कैद भुक्तान गरी छुटेको खुलेको छ।

    सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बरामद रकम उनीहरुले खैरो हिरोइन बिक्रीबाट जम्मा पारेको खुलेको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij