
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले पाचँ वर्षको बीचमा जनताका घरआँगनमा भौतिक पूर्वाधारलगायतका विकास कार्य सम्पन्न भई ‘गाउँगाउँमा सिंहदरबार’ सार्थक भएकोमा खुसी भएको बताएकी छन् ।
उनले आज ललितपुर महानगरपालिका वडा नम्बर–२३ को नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रममा सो कुरा बताएकी हुन् ।
‘आफूले प्रत्यक्ष रुपमा भवन निर्माणमा ४८ लाख सहयोग गर्न पाउँदा र यो सुन्दर भवन निर्माण भएकोमा निकै खुसी छु । अब गाउँगाउँमा सिंहदरबार भन्ने नारा यहाँ सार्थक भएको छ’ उनले भनिन् ।
केही कामहरू सोचेको जस्तो नभएको बताउँदै त्यसको लागि पनि पहल गर्नुपर्ने समेत उनले बताएकी छन् । स्थानीयले विशेष चासो राख्न सके स्थानीय तहको विकास गर्नमा सहयोग हुँने बताउँदै उनले कर्मनाशा करिडोर, धापाखेलको बाटो लगायतका बाटोहरू निर्माण कार्यमा स्थानीयले जोड दिन समेत आग्रह गरेकी छन् ।
बाढी पहिरो नियन्त्रण , सडक निर्माण लगायतका कुरामा सबै तहको सहयोग लिएर काम गर्न आग्रह गर्दै वडा भवनले सबै सेवा इन्टरनेटको प्रयोबाट सेवा लिन सक्ने वातावरण बनाउन वडा कार्यलयलाई अनुरोध समेत गरेकी छन् ।
भवन मात्र अत्याधुनि भएर मात्रै नहुँने बताउँदै उनले काम पनि अत्याधुनिक, प्रविधिमैत्री र जनभावना अनुसारको हुनुपर्नेमा जोड दिएकी छन् । जनतालाई राहात दिने कुरामा जनप्रतिनिधिले प्रमुख ध्यान दिनुपर्ने समेत उनको भनाइ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij