
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । सांसद ठम्मरबहादुर विष्ट माओवादी पार्टीद्वारा निष्कासित भएका छन् । माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीका अनुसर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेकोले उनलाई निष्कासन गरेकोे हो ।
नेता महेन्द्रबहादुर शाहीको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सूचित गरिन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij