Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? :  रिमाल

प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ? :  रिमाल


  • काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको जनाएका छन् । 

    images
    images
    images


    आज विहान सामाजिक सञ्जालमार्फत रिमाले पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन भन्दै स्थानीय तह निर्वाचन आचारसंहितामाथि नै प्रश्न उठाएका हुन् । 

    images


    रिमालले लेखेका छन्, प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन।
    स्थानीय तहका “प्रधानमन्त्री“–
    पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ
    चुनावमा जानुअघि पद खाली गरि 
    जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन? 
    निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस्, सोच्नु पर्ला ।
    तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ?
    निर्वाचन आयोग !
    कुनैपनि सेवा अबरुद्ध नहोस भनेर
    अबधी सकिनु २ महिना अघि
    चुनाव गर्नुपर्ने कानुनी प्राबधान राख्ने, 
    तर त्यही कानुन बिपरित पद खाली गर्ने प्राबधान
    आचार संहितामा किन राख्ने ?

    निर्वाचन आचारसंहितामा राजपत्रमा बिहीबार जारी भएको स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार पदमा बहाल रहेर जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको छ । स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्दा राजीनामा पत्र दर्ता गरेको निस्सासमेत प्रमाणका रूपमा पेस गर्नुपर्ने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij