
May 19 2025 | २०८२, जेठ ५ गते
ललितपुर । नेकपा एमाले दैलेख जिल्लाको निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा मत बढी भेटिएपछि स्थगित भएको अधिवेशन आज पुनः अधिवेशन सुरु भएको छ । आज बिहान बाट मतदान सुरु भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जनाकारी दिए ।
सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि यसो हुन नसक्दा निर्वाचनमै जाने कुरा भएको अध्यक्ष शाहले बताए ।
अब मतदान मार्फत नै नेतृत्वको टुङ्गो लगाइने भएको जनाइएको छ । यस्तै एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन् । अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् ।
गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । जिल्लाभरबाट प्रतिनिधि (मतदाता)सङ्ख्या ७२१ रहेको दैलेखमा अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij