Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कांग्रेस धनुषाको सभापतिमा पजियार निर्वाचित 

कांग्रेस धनुषाको सभापतिमा पजियार निर्वाचित 

  • काठमाडौँ । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् ।

    images
    images
    images

    शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन् । कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । 

    images

    कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो । पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij