
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा इन्जिनियर उमेशप्रसाद थानी नियुक्त भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । स्वाथ्य मन्त्री विरोध खतिवडाले निगमको प्रमुखमा थानीलाई नियुक्त गरेको जानकारी दिए ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले कार्यकारी प्रमुखका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । थानी नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक हुन् ।
उनले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी समेत सम्हालेका थिए । उनले इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्षको जिम्मेवारीमा छन् । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर उनले समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij