
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं/ लामो समयसम्म फिल्मी क्षेत्रमा विताएकी चर्चित नायिक करिश्मा मानन्धर एमाले प्रबेशका लागि साइत जुराइरहेकी छन् । यसैका लागि अभिनेत्री मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।
करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिइन् । छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् । करिश्माले भनिन्, ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’
उनले अगाडि भनिन्, ‘यसबारेमा मैले आफ्नो मनस्थिति धेरै पहिलेदेखि बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ। आज चाहिं भेटेर छलफल गरें ।’
आफ्नो ‘पोजिसन’अनुसार पार्टीले भूमिका दिनुपर्ने पनि उनले बताइन् । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढाजस्तै थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij